ऋण तिर्न नसक्दा यी हास्यँकलाकार परे जेल
0
Shares
सबैलाई आफ्नो हाँस्यकला मार्फत हसाउँदै आएका चर्चित बलिउड हास्यँकलाकार राजपाल यादव यतिखेर ठुलो संकटमा परेका छन् । चलचित्र बनाउनका लागि लिएको ऋण तिर्न नसक्दा अहिले यादब फन्दामा परेका छन् ।
यादबलाई ३ महिना जेल सजाय हुने भएको छ । उनले सन् २०१० मा ‘अता पता लापत्ता’ नामक चलचित्र निर्माण गर्नकालागि करिब ५ करोड ऋण लिएका थिए तर चलचित्र नराम्रोसंग डुबे पश्चात उनि ऋणमा डुबेका थिए ।
श्री नौरंग गोदावरी इन्टरटेन्मेन्टले चलचित्र बनाउन भन्दै मुर्ली प्रोजेक्टस्सबाट लिएको थियो । तर राजपाल भने उक्त रकम ऋण नभएर लगानी भएको बताउँछन् यद्यपी कागजमा भने ऋण नै उल्लेख भएको छ ।