अब नेपालमा आइफा अवार्ड नहुने भएको छ ।
0
Shares
‘इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड–२०२०’ आइफा को २० औं संस्करण काठमाण्डौंमा नहुने भएको छ । चौतर्फी विवाद भएपछि सरकारले आइफा अवार्ड नगर्ने निर्णय लिएको छ । मंगलबार संसदीय समितिले अवार्ड रोक्नको लागि आदेश दिएको थियो । यस अवार्डले चलचित्र क्षेत्रमा टेवा पुर्याउने भन्दै नेपालमा आयोजना गर्न लागिएको थियो तर, सरकार नै आयोजक भएर १ अर्ब खर्च गर्ने कुरामा सर्वसाधरण देखि लिएर फिल्मकर्मीहरुले समेत विरोध जनाएका थिए । यस अवार्ड नेपालमा आयोजना गर्ने सरकारको निणर्यमा सत्तारुढ दलकै नेताहरु भीम रावल, अग्निप्रसाद सापकोटा लगायतले बिरोध गरेका थिए ।
एक झलक यता पनि ।