पुराना कपडाबाट माषिक १ देखि २ लाख भन्दा बढीको कमाई
काठमान्डौ ९ मंगसिर हामीले कैले नसोचेका र पहिल्याउन नसकेका ब्यवसायबाट मनग्य आम्दानि पो हुने रैछ त । नेपालमा धेरै ब्यबसाय चल्दै आएका छन् कि जुन थुप्रै नेपालीहरु लाजले र घमण्डले गर्दैनन् तर भारतीय त्यहि ब्यवसाय नेपालमा आएर ढुक्कले गर्दछन् र मनग्य आम्दानि हातपार्छन्, त्यसको केहि उदाहरणहरु कवाडी समानको ब्यापार ,पानिपुरी चटपटे , पुरानो फलाम किट बाट मुर्ति तयार गर्ने र अन्य थुप्रै । नबुझेर हो या बुझेरपनि यस्ता ब्यवसायमा लाग्न हामी नेपालीलाई लाज लाग्ने गर्दछ ।
त्यस्तै आजभोलि चर्चामा अर्को यस्तो व्यवसाय रहेको छ जसवाट माषिक लाख भन्दा माथि कमाई हुने गर्दछ । पुराना तथा थोत्रा कपडाहरुलाइ पेलेर रुवा र कपास बनाउने र त्यहिबाट सिरक तथा डसना तयार गर्ने । आजभोलि काठमान्डौमा यस्ता व्यबसाय देख्न सकिन्छ ।
नदि किनार तथा बाटामा फ्यालिएका कपडाहरुलाई बटुली त्यसको रुवा बनाउने केहि यस्ता समूहहरुले उक्त व्यवसायबाट २ लाख माथि सम्म आम्दानि गर्न सक्ने बताएका छन् । यस प्रकारको काममा नेपाली भन्दा भारतीयनै बढी देख्न सकिन्छ ।
कपडा पेल्ने मेसिन र एउटा ट्रयाकटर भाडामा लिएर उनीहरुले यो व्यवसाय सुरु गरेको र करिब ३ देखि ४ जनाको जनशक्तिले यसकाम गर्न सकिने उनीहरु बताउँछन् । उनीहरु आफैले फोहोर तथा नदि किनारमा फ्यालिएका कपडा संकलनगरि रुवा बनाउने र सिरक डस्ना बनाई बेच्ने गर्दछन् भने कसैले आफैले कपडा ल्याउने र ज्याला दिएर रुवा तयार गर्न लगाउँछन् । ज्याला र आफुले संकलन गरिएको थोत्रा कपडाबाट गरेर कुल १ देखि २ लाख माथिको आम्दानि गर्दै आएका छन् ।