माध्यमिक तह शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशन
कार्तिक २७ काठमाडौँ___ शिक्षक सेवा आयोगले माध्यमिक तह शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशन गरेको छ । २०८१ कात्तिक १० गते सञ्चालन गरिएको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो । प्रकाशित नतिजा अनुसार ३३.६७ अर्थात ३७ प्रतिशत परीक्षार्थी पास भएका छन् ।
सातै प्रदेशबाट ३७ हजार ८०४ जनाले परीक्षा दिएका थिए । ती मध्ये १२ हजार ७२९ परीक्षार्थी पास भएका हुन् । प्रकाशन गरिएको नतिजा अनुसार कोशी प्रदेशमा ६ हजार ९८ जनाले परीक्षा दिँदा दुई हजार १४ जना पास भएका छन् । त्यस्तै मधेस प्रदेशमा ६ हजार ५०० परीक्षार्थीले परीक्षा दिएका थिए । जसमा एक हजार ५३५ पास भएका छन् ।
त्यस्तै बागमती प्रदेशमा सात हजार ५९४ जनाले परीक्षा दिएकोमा दुई हजार ८९६ जना उत्तीर्ण भएका छन् । गण्डकीमा दुई हजार ६७२ जनाले परीक्षा दिँदा एक हजार १८१ जना, लुम्बिनीमा पाँच हजार ८०० ले परीक्षा दिँदा दुई हजार २०३ जना र सुदूरपश्चिम प्रदेशबाट पाँच हजार ३३१ जनाले परीक्षा दिँदा एक हजार ६४२ जना पास भएका छन् ।