महानगरपालिकाले १० हजार भन्दाबढि किशोरीहरुलाई आत्मारक्षा तालिम दिने
कार्तिक २७ वीरगंज _ वीरगंज महानगरपालिकाले १० हजार भन्दाबढि किशोरीहरुलाई आत्मारक्षा तालिम दिने भएको छ । वीरगंज महानगरपालिकाद्वारा नेपाल–भारत सहयोग मञ्चको समन्वयमा आयोजना गर्ने तालिमका लागी बिभिन्न १८ वटा उपसमिति गठन गरिएको जनाएको छ ।
तालिममा बिषेशगरी १० हजार बढि छोरी एवं छात्राहरुलाई आत्माबल उच्च बनाउन आत्मारक्षा तालिम प्रशिक्षण आउदो मंसिर २८ गते आदर्शनगर रंगशालामा सञ्चालन हुने कार्यक्रम रहेको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले जानकारी दिनु भयो ।बिहान १० बजेबाट शुरु हुने प्रशिक्षण कार्यक्रममा वीरगंजका सामुदायीक र निजी विद्यालय तथा कलेजका १० हजार बढि छात्राहरुको सहभागिता रहने जनाइएको छ ।
भारतका ख्याति प्राप्त मार्शल आर्ट प्रशिक्षक डा. चिता राजनेश शेट्टिले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । एक साथ १० हजार किशोरीलाई आत्मरक्षा तालिम दिएर वल्ड रेकर्ड गिनिज बुकमा महानगरको नाम लेखाउने तयारी समेत भएको जनाईएको छ ।
कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न सोमवार महानगरमा सम्पन्न बैठकले सुरक्षा व्यबस्थापन समिति, खानेपानी , स्वास्थ्य, सरसफाई, संघसंस्था परिचालन, कर्मचारी परिचालन, आर्थिक व्यबस्थापन, खाजा व्यबस्थापन, विद्युत, सञ्चार, मञ्च, बस,तालिम, अतिथि व्यबस्थापन, प्रचार प्रसार सहितका बिभिन्न १८ वटा उपसमिति गठन गरिएको छ । यो तालिम सफल रुपमा सम्पन्न भए वीरगंजको नाम अन्तर्राष्ट्रिय रुपमा चर्चित हुने भएको हुंदा आम नगरबासीलाई कार्यक्रम सफल पार्न मेयर सिंहले आग्रह गर्नु भएको छ ।