बाढ़ी बाट १० लाख भन्दा बढ़ीको क्षति भयो पीड़ित साह
राकेश यादव
असोज १६ रौतहट ____ रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर १ निवासी भरत साहले बाढ़ीबाट १० लाख भन्दा बढ़ीको क्षति भएको बताएका छन । असोज १० गते देखि शुरू भएको अविरल बर्षाको कारन असोज १२ गते शनिवारका दिन आएका भीषण बाढ़ीका कारन ठूलो क्षति भएको बताएका हुन । बुधवार संचारकर्मी संग कुरा गर्दै पूर्व वड़ा अध्यक्ष समेत रहेका साहले बागमती नदीको बाँध भत्किएर आएको बाढ़ीको कारण यत्रो क्षति भएको दुखेसो पोखेका छन ।
गौर नगरपालिका वड़ा नम्बर १ मा रहेको मा जानकी पशु फर्ममा राखिएको बाख्रा मध्ये करीव १५ किलो बजन भएको २ वटा खसि र १ वटा बकरी पानीमा डुबेर मरेको सुनाए । १० कठा जग्गामा रहेको पोखरीमा राखिएको करीव १० लाख मूल्य बरावरको माछा बगेर गएको जनाए । माछाको लागि राखिएको २० बोरा मलखाद ,२० बोरा दाना समेत नस्ट भएको उहाले बताए ।
शनिवार राति करीव १ बजे आएको बाढ़ीको कारण यत्रो क्षति भएको उहाको भनाइ रहेको छ । रातिको समयमा बाढ़ी आउदा फर्ममा रहेको गाई जोगाउने क्रममा बाख्रा डुबेर मरेको भने ! उहाले बागमती नदी र लालबकैयाको पानी बढ़ी भएकोले यस्तो अवस्था आएको बताए । गौर नगरपालिकाले बाढ़ी पीड़ितको बारेमा खेल्नु पर्ने भूमिका खेलन नसकेको टिपण्णी समेत गरे । घरमा पानी पसेर विस्तापित भएका परिवार र बाली नाली क्षति भएका किसानको शीघ्र रुपमा क्षति पूर्ति दिलाउने तर्फ खेल्नु पर्ने भूमिका संतोषजनक नदेखिएको टिपण्णी गरे ।