रौतहटको पीड़ितलाइ खाना खुवाउदै पचरौताका मेयर सिंह
राकेश यादव
असोज १६ रौतहट ____ पचरौता नगरपालिका बनौली बाराका नगर प्रमुख जलन्धर सिंह कुर्मीले मानवीय सेवाको धर्म निर्वाह गर्ने उदेश्यले बाढ़ी पीड़ित परिवारको लागि खानाको मेष सञ्चालन गरेको बताउनु भएको छ । गएको शनिवार आएको बाढ़ीको कारण प्रभावित भएका रौतहटको राजदेवी नगरपालिकाको वड़ा नम्बर ८ लक्ष्मीपुर र दुर्गा भगवती गाउँपालिकाको वड़ा नम्बर ५ बड़हरबामा बाढ़ी पीड़ित परिवारको लागि निशुल्क भोजन तथा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गराउनु भएका नगर प्रमुख सिंहले बिपदको बेला खेल्नु पर्ने भूमिका निर्वाह गरेको बताए ।
बागमती नदीको बाँध भत्किएर आएको बाढ़ीले लक्ष्मीपुरमा करीव २ सय तथा बड़हरबामा करीव ४ सय परिवार प्रभावित भएका छन । बाढ़ीबाट प्रभावित भएका परिवारलाइ खानाको व्यवस्था गरेका नगर प्रमुख सिंहले आवश्यकता भए सम्म मेष सञ्चालन गराउने जनाए । नगरपालिकाको सहयोगमा बाढ़ी पीड़ितहरुलाई निशुल्क भोजन र उपचारको व्यवस्था गरेको बताउँदै दुःखको घडीमा सहयोग गरेर आनन्दित भएको प्रतिक्रिया उहाको रहेको छ ।
बाढ़ी प्रभावित क्षेत्रमा अनुगमन गर्दा दुखदायी अवस्था हेरेको भन्दै लक्ष्मीपुरमा एक बालकले किताब सुखाउदै गर्दा हेरेपछि आखा रसाएको बताए । संचारकर्मीहरु संग कुरा गर्दै मेयर सिंह ले बाढ़ी पछि गर्नु पर्ने प्रतिकार्यको कार्य सम्बंधित स्थानीय तहले तीब्र रुपमा गर्नु पर्ने सुझाव दिए । बाढ़ी पछि बिभिन्न संक्रमण फैलन सकिने उच्च जोखिम रहेकोले यस तर्फ गंभीर भएर लाग्नु पर्ने उहाले बताए ।