रौतहट जिल्ला प्रशासन कार्यालयबाट एउटै ५९८ नम्बरबाट ७ जनाको नागरिकता जारी
65
Shares
साउन ५ रौतहट ___ रौतहट जिल्ला प्रशासन कार्यालयबाट एउटै ५९८ नम्बरबाट ७ जनाको नागरिकता जारी भएको पाइएको छ । यो रहस्य बाहिर आए पछि एउटै नम्बर भएका नागरिकताधारी व्यक्ति चिंतित भएका छन ।
हिजो साउन ४ गते शुक्रवार रौतहट जिल्ला निवासी र हाल जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीमा कार्यरत ललन कुमार मिश्राले यातायात कार्यालय मलंगवामा गएर आफ्नो सवारी चालकको परीक्षा कहिले छ भनेर यातायातका कार्यालय प्रमख राकेश यादव जीलाई सोधेपछि उहाँले मिश्रको नागरिकता नम्बर ५९८ सर्च गर्दा रौतहट जिल्ला प्रशासन कार्यालयबाट एउटै ५९८ नम्बरबाट ७ जनाको नागरिकता जारी भएको भेटिएको छ ।