सरकारी खातामा २ खर्बभन्दा बढी नगद मौज्दात
0
Shares
काठमाडौँ;२२ चैत___चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारी ढुकुटीमा २ खर्बभन्दा बढी नगद मौज्दात रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारीको वित्तीय रिपोर्ट अनुसार २०८० फागुन मसान्तसम्म विभिन्न बैंकमा रहेको सरकारी खातामा कूल २ खर्ब ४ अर्ब ९६ करोड रुपैयाँ नगद मौज्दात रहेको हो ।
यद्यपि, यो सङ्घीय सरकारको मात्र नभएर प्रदेश सरकार तथा स्थानीय तहहरूको समेत हो ।
२०८० असार मसान्तमा यस्तो नगद मौज्दात ६५ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।