एसईई परीक्षामा रौतहटबाट पहिलो दिन २५२ जना परीक्षार्थी अनुपस्थित
राकेश यादव
चैत्र १६ राैतहट___ रौतहट जिल्लामा माध्यमिक शिक्षा परीक्षा एसईई पहिलो दिन शान्तिपूर्ण बातावरणमा सम्पन भएको छ । जिल्लाको ३९ परीक्षा केन्द्रमा सञ्चालन भएको एसईईको पहिलो दिनको अंग्रेजी विषयको परीक्षा शांतिपूर्ण ढंगबाट संपन्न भए पनि २५२ जना छात्रा छात्र अनुपस्थित भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख राम विनय सिंहले जनाएको छ ।
सामुदायिक तथा सस्थागत ११४ विद्यालयको छात्रा ४ हजार ५ सय ८ र छात्र ४ हजार ९ सय ६१ गरी ९ हजार ४ सय ६९ परीक्षार्थी सहभागी भएको एस ई ई परीक्षाको पहिलो दिन २५२ जना परीक्षार्थी अनुपस्थित भएको उहाले बताए । परीक्षालाइ मर्यादित बनाऊंन को लागि ५८५ सुरक्षाकर्मी परिचालन गरिएको छ भने ४७६ निरीक्षक , १८९ परिचर तथा ६२ जना सहायक केन्द्राध्यक्ष खटिएको छ ।
यस पालिको एस ई ई परीक्षामा दृस्टि बिहीन परीक्षार्थी १ जना , जिल्ला कारागार कार्यालयमा १ जना ,इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियामाँ १ जना परीक्षा दिइरहेका छन । प्राविधिक धार तरफ २५० जना तथा ग्रेड बृद्धि तरफ २६ जना परीक्षार्थी रहेको शिक्षा समन्वय अधिकारी सिंहले बताए । परीक्षालाइ मर्यादित बनाउनका लागि अनुगमन ,निरिक्षणको कार्य लाइ तीब्रता दिइएको उनले बताए । परीक्षालाइ अमर्यादित बनाउने माथि क़ानूनी कार्यवाही समेत गरिने सिंहले जनाए ।