निःशुल्क उपचार सेवा महानगरभित्रका ५२ अस्पतालमा ३८५ शैया निःशुल्क, कुनमा कति ?
काठमाडौं;१६ फागुन___काठमाडौं महानगरपालिकाको निःशुल्क उपचार सहजीकरण सेवा कार्यक्रमअन्तर्गत लक्षित वर्गका लागि ५२ वटा अस्पताल सूचीकृत भएका छन् ।
ती अस्पतालले १० प्रतिशतका दरले ३८५ वटा शैया विपन्न असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपलब्ध गराउनेछन् । सो सेवा फागुन १ गतेदेखि सुरु भइ बिरामीले निःशुल्क उपचार गराउन समेत थालेको महानगरको स्वास्थ्य विभागकी निमिक्त प्रमुख सजिना महर्जनले बताइन् ।
क–कसले पाउँछन् निःशुल्क सेवा ?
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुलमध्ये १० प्रतिशत शैया छुट्याइ निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था छ ।
महानगरले सोही व्यवस्थामा टेकेर ‘काठमाडौँ महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८० तयार पारेको हो । जसअनुसार निःशुल्क उपचार सेवा नेपालका जुनसुकै भागबाट आएका व्यक्तिले पनि मापदण्डबमोजिम आधारभूत र आकस्मिक स्वास्थ्य सेवा पाउनेछन् ।
निःशुल्क सेवा लिन के गर्नुपर्छ ?
कार्यविधिअनुसार लक्षित वर्गले तोकिएको निःशुल्क सेवा लिन तीनवटा विधि तोकिएको छ । विपन्न परिचयपत्र भएका बिरामीले सिधै अस्पताल पुगेर परिचयपत्रका आधारमा सेवा लिनसक्छन् ।
यस्तै, विपन्न परिचयपत्र नभएका नागरिकले आफू बसोबास गरिरहेको वडाको सिफारिसका आधारमा सेवा लिन सक्छन् । त्यसका लागि राष्ट्रिय परिचयपत्र र नेपाली नागरिकता, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी र हालसालै खिचिएको फोटो, रोग पहिचान भए सोको कागजपत्र र सम्बन्धित वा कार्यालयको सिफारिस आवश्यक हुन्छ ।
यी दुवै कागजात नभएको अवस्थामा आफू विपन्न भएको प्रमाणसहित महानगरको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण इकाइमा सम्पर्क गर्न सक्नेछन् ।
इकाइले विपन्नताको प्रमाणका आधारमा अस्पताललाई सिफारिस गर्नेछ । बेवारिसेको हकमा नजिकको वडा कार्यालय तथा प्रहरी कार्यालयको सिफारिसको आधारमा निःशुल्क उपचार प्रदान गरिनेछ ।
अनलाइनबाटै पाइन्छ अस्पताल र शैयाबारे जानकारी
निःशुल्क उपचार सेवालाई पारदर्शी र व्यवस्थित गराउन महानगरले http://freehealth.kathmandu.gov.np/ मार्फत अनलाइन सेवा दिने व्यवस्था गरेको छ ।
कुन अस्पतालमा कति शैया निःशुल्क
महानगरको निःशुल्क उपचार सेवा प्रणालीमा फागुन १५ गतेसम्म ५५ वटा अस्पताल सूचीकृत भएका छन् । तीमध्ये ५२ वटाले सेवा सुरु गरेको महानगरको स्वास्थ्य विभागकी निमिक्त प्रमुख सजिना महर्जनले बताईंन ‘