नागरिकता छानविन गर्न गृहले टोली पठायो
35
Shares
वीरगन्ज;२५ माघ___वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहका विरुद्ध परेको उजुरी माथि छानविन गर्न गृह मन्त्रालयले उपसचिवको नेतृत्वमा दुई सदस्य टोली वीरगञ्ज पठाएको छ ।
गृहमन्त्रालयका उपसचिव पुष्कर राणाको संयोजकत्वमा गठित दुइ सदस्यीय टोली छानविन टोलीमा शाखा अधिकृत परशुराम पोखरेल सदस्य रहनु भएको छ ।नागरिकता प्रकरणमा अनुसन्धानका लागि गृह मन्त्रालयले राणाको नेतृत्वमा गठन गरेको २ सदस्यीय छानविन समिति आजैदेखि सम्बन्धित ठाउँका लागि रवाना भएको स्रोतको दाबी छ ।
यसैबीच नागरिकताको छानविनको माग गर्दै आज दोस्रो दिन पनि सचेत नागरिक समाज पर्साको नाउँमा जिल्ला प्रशासन कार्यालय परिसरमा धर्ना दिएको छ ।