हुम्लामा ब्यापक हिमपात
5
Shares
सिमिकोट;१८ माघ_____लामो खडेरीपछि हुम्लामा व्यापक हिमपात भएको छ । बिहीबार बिहान २ बजेबाट हुम्लामा हिमपात हुन सुरु भएको हो । सदरमुकाम सिमकोटमा १ फिट हिउ जमेको छ । धावनमार्गमा हिउ जमेकाले हुम्लाको एक मात्र यातयातको साधन हवाई जहाज यात्रासमेत अवरुद्ध भएको छ । जिल्लाको उच्च नाम्खा गाउँपालिकामा २ फिट हिउँ जमेको वडा नं. १ का अध्यक्ष पाल्जोर तामाङले बताए । चिसोले जनजीवन प्रभावित भए पनि लामो समयपछि हिमतपात भएकाले किसान भने हर्षित छन् ।