राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको केन्द्रीय सचिवालय बैठक लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितल निवास पुगेका छन्। राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्र ओली साँझ ८ बजे शितल निवास पुगेका हुन्।
आजै दिउँसो मन्त्रिपरिषद्ले पारित गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश-२०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश-२०७७ राष्ट्रपतिले जारी गरेकी थिइन्।
मन्त्रिपरिषद् बैठकलगत्तै प्रधानमन्त्री ओलीले पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएका थिए। बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनुको औचित्यबारे प्रकाश पारेको र अन्य विषयमा छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।