सरकारले सिफारिस गरेको २ अध्यादेश राष्ट्रपतिद्वारा जारी
5
Shares
बैसाख ८ काठमाडौं _ राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा दुईवटा अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद् बैठकले निर्णय गरेर सिफारिस गरेकाे केही घण्टामै राष्ट्रपतिले सोमबार अध्यादेश जारी गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गरी राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ जारी गरिएको जनाएको छ ।