केंद्र सरकार र प्रदेश सरकार विरगंजकों नागरिकको लागि कोरोना अस्पताल संचालन गर्न असफल : मेयर विजय कुमार सरावगी
बैसाख ८ विरगंज _ विरगंज महानगरपालिका का नगरप्रमुख बिजय कुमार सरावगी द्वारा आज पत्रकार सम्मेलन गरी बिरगंजमा वीरगंजकाे गण्डक अस्पताललाई वीरगंज महानगरपालिकाले काेराेना विशेष अस्पतालकाे रुपमा संचालन गर्न गण्डक अस्पताल र वीरगंज महानगरपालिका विच भएको सम्झौता यसै गरी छापकैयामा भेटीएका तीन जाना कोरोना संक्रमित को लागि अस्पताल व्यबस्थापन , बिपन्न र गरीबलाई वितरण गरिएको राहत , लक डाउन को कारण विरगंजमा रोकिएका भारतीय नागरिक को क्वारेंटाइन लगायत को बिषयमा आफ्नो धारणा राखेका छन ।
केंद्र सरकार र प्रदेश सरकार विरगंजकों नागरिकको लागि कोरोना अस्पताल संचालन गर्न असक्षम भएको बताऊदै उनले यहाको नागरिक को लागि नगरपालिका हमेसा तैयार रहेको बताए ।
देश लकडाउन मा जानुअघि देखि नै वीरगंज महानगरपालिका जनतालाई बिभिन्न मध्यम बाट सूचना दिएर सुरक्षित रहन आग्रह गरेको जानकारी दिदै उनले वीरगंज बासीको स्वास्थ्य प्रति सजग रहेको बताए ।
कोरोना देखिएको वाड देखि हरेक वाडमा covid-19 को र्यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी)भई रहेको जानकारी पनि दिए । साथै बसपार्कमा लक डाउन का कारण फसेका १५० जनालाई हरेक दिन खानाको ब्यब्स्था गरेको बताए ।
नगरपालिका को हेल्प लाइन मार्फत यहा को जनतालाई आफु लगाएत नगरपालिका का सम्पूर्ण कर्मचारी दिन रात सेवा दिदै आएको र जनताले फोन गर्ने ठाऊमा आफु लगाएत कर्मचारी बाट सहयोग गर्दै आएको कुरा पनि जोड़े । अहिले सम्म नगरपालिकालाई प्रदेश सरकारको राहत कोष बाट २५ लाख रुपैया बाहेक अरु कुनै प्रकारका सहयोग नआएकोमा उनले केंद्र र प्रदेश सरकार प्रति आक्रोश पोखे ।
नगरपालिका ले लक डाउन को अवधिमा कुनै पनि प्रकारको बिकास योजनको काम अघि न बढेको जानकारी दिदै नगरपालिका भित्रको सम्पूर्ण वाडमा सेनेटराइज र लामखुट्टेको औसधी छर्केको जानकारी गराउदै अहिले सम्म नगरपालिका को ३ करोड़ ५० लाख भन्दा बढ़ी खर्च भईसकेको बताए ।
नेपालमा कोरोना संक्रमन भएको १ महिना बीत्न लाग्दा पनि प्रदेश सरकार मार्फत ‘पीसीआर मेसिन मात्रै आएको , तर पीसीआर जडान गरी संचालनका लागि अरु पनि थुप्रै उपकरण र औजार चाहिने रहेछ , ती सामान अहिलेसम्म उपलब्ध न भएको बताऊदै,कोरोना परीक्षण को लागि हामी हेठौड़ा र काठमाण्डौमा भर पर्नु परेको बताऊदै आफु बिरुद्ध बिभिन्न बहनामा राजनीतिकरण गर्नु दुखद रहेको बताए ।