विरगंजमा क्वॉरेंटाइनमा बसेका १२२ जनालाई आफन्त हरूको जिम्मा लगाइयो
बैसाख ७ वीरगंज _ कोरोना र लकडाउन को कारण बिगत केही हप्ता देखि वीरगंज मै रोकिएर बसेका १२२ जना भारतीय हरुलाई आज उनीहरुका परिवार र आफ़न्तको जिम्मा लगाइएका छन। उनीहरुलाई वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, रूंगटा वेलफेयर सोसाइटी, जिला प्रशासन कार्यालय पर्सा , पर्सा प्रहरी, सशस्त्र प्रहरी भारतीय दूतावासको सहकार्यमा राखिएका थिए । १८९ जना भारतीय हरु मध्ये १२२ जना ले १४ दिनको क्वारेन्टाइन पूरा भइसकेपछि नारायणी अस्पतालको टीम द्वारा आवश्यक स्वास्थ्य चेकजाँच गरी वीरगंजमा रहेका उनीहरुका आफन्तको जिम्मा लगाइएको ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतानले जानकारी गराउनुभयो।
क्वारेन्टाइनमा राखिएको दिनदेखि नै यिनी हरुको बसोबास र खानपिनको व्यवस्था प्रबन्ध जिल्ला प्रशासनको नेतृत्वमा ग्रीन सिटी र रूंगटा वेलफेयर सोसाइटीले गर्दै आईरहनु भएको जानकारी रुंगटा वेलफेयर सोसाइटीका सुरेश रूंगटाले दिनू भयो। त्यस पछि वीरगन्ज का अन्य समाज सेवी हरु पनि भोजन सेवामा जुड्नु भएका थिए।