कोरोनाले पारेको क्षतिसँग लड्न १४० खर्ब डलर आर्थिक प्याकेज
एजेंसी _कोरोनाको संक्रमणका कारण आर्थिक क्षेत्रमा पुगेको असरसँग जुध्न विश्वका सरकार तथा केन्द्रीय बैंकहरुले १४० खर्ब डलर बराबरको आर्थिक प्याकेज ल्याएका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्वका सरकार र विश्वका केन्द्रीय बैंकहरुले सो आर्थिक प्याकेज ल्याएका जनाएको हो । आईएमएफका अध्यक्ष लेसेत्जा कन्यागोले कोरोना भाइरस महामारीले विश्वको अर्थतन्त्रलाई अत्यन्त धराशायी बनाएको बताए ।
आईएमएफको फिस्कल ट्याकरका अनुसार विभिन्न देशका सरकारले करिब ८ लाख करोड आर्थिक सहयोग गरेका छन् । यस बाहेक विभिन्न देशका केन्द्रीय बैंकहरूले ६ लाख करोड डलर भन्दा बढी नगद संकलन गरेका छन् । यद्यपी विनिमय दर र नगद दवाव प्रमुख चुनौती बनिरहेको आईएमएफको भनाइ छ । त्यसैगरी, आईएमएफका एमडी क्रिस्टेलिना जर्जियावाले कोरोना भाइरसको प्रकोपले विश्व अर्थतन्त्रको अवस्था निकै गम्भीर बन्दै गएको बताइन् । सन् २०२० मा गम्भीर आर्थिक संकुचन हुने निश्चित भएको बताइन् ।