वीरगंज महानगरपालिका को वडा नं. २६ सुगौली बिर्तामा Covid-19 को र्यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी)मा सबैको नतिजा निगेटिभ देखियो
5
Shares
बैसाख ७ विरगंज_ विरगंजको छपकैयामा ३ जना कोरोना पोजेटिव देखिए पछि कोरोना संक्रमित गएको ठाउको पहिचान गरी आरडीटी गर्ने क्रममा आज वीरगंज महानगरपालिका को वडा नं. २६ सुगौली बिर्तामा ३४० जनाको आरडीटी टेस्ट गरिएको छ । आज गरिएको covid-19 को र्यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी)मा सबैको नतिजा निगेटिभ रहेकोे कुराको जानकारी विरगंज महानरपालिका का जन स्वास्थ तथा सामाजिक द्वारा जानकारी गराइएको छ । आरडीटी टेस्ट हुनु भन्दा अघि सुगौली विर्ताका सर्व साधारण त्रसित बनेका थिए। वडा नं. २६ सुगौली बिर्तामा covid-19 को र्यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी)मा सबैको नतिजा निगेटिभ आए पछि आफुहरू सुरक्षित रहेको स्थानीय रामबाबु पटेल ले बताए।