पैसा फालेर हिडेको दुई जना महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखियो
5
Shares
वैशाख ६ जनकपुर _ जनकपुरधाममा १० , १० को नोट फालेर भागेका दुई जना महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले आज पक्राउ गरेका दुबै महिलाको प्रादेशिक अस्पताल जनकपुरधाममा जाँच्दा उनीहरूमध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको अस्पतालका एक चिकित्सकले जानकारी दिए।
यसका साथै अस्पतालमा भर्ना भएका अर्का दुई जनामा पनि आरडिटी पोजेटिभ देखिएको उनले बताए।