नेता समानीको पहलमा स्वास्थ्य सुरक्षा समाग्री पोखरिया नगरपालिकाका प्रमुख दीप नारयण रौनीयारलाई हस्तान्तरण
0
Shares
बैसाख ६ विरगंज _ आज राष्ट्रिय जनता पार्टी नेपालको सह-महासचिव नेजामुदीन शमानी को पहलमा राष्ट्रिय अविष्कार केन्द्र काठमाडौं द्वारा पोखरियामा रहेको जिल्ला अस्पताललाई स्वास्थ्य समाग्री उपलब्ध गराएको छ । जसमा ९ थान PPE सेट र Women’s Creation club द्वारा संस्थाको अध्यक्ष नुतन सरावगीले Sanitizers , Gloves , Mask , Handwash नेजामुदीन शमानी मार्फत पोखरिया नगरपालिका मेयर दिपनारायण रौनियार उप-मेयर सालमा खातुन अस्पतालका डा.अनिल यादव लाई हस्तान्तरण गरिएको छ ।
यो भन्दा अघि पनि उनकै पहलमा पोखरियामा रहेको जिल्ला अस्पताललाइ बिभिन्न स्वास्थ्य सामाग्री दीइएको थियो । उनि हमेसा जिल्ला को बिकासको लागि अहोरात्र खटेर सहयोग गर्दै आउनु भएको छ ।