तरकारी बजार र खाद्य पसलहरु अझै अव्यवस्थित, स्थानीय त्रसित (फोटोफिचर)
काठमाडौं, ६ बैशाख । सरकारले विहानमात्रै खोल्ने व्यवस्था गरेको तरकारी बजार र खाद्य पसलहरु अव्यस्थित भएपछि स्थानीयबासीमा त्रास सिर्जना भएको छ । काठमाडौं महानगरपालिका-२८ स्थित समाजकल्याण परिषदद्वारा सञ्चालित ईच्छुमति कृषि (तरकारी) बजारमा आज विहान दैनिक उपभोग्य वस्तुका सामाग्री किन्न आएका ग्रहकहरुको असावधानीले गर्दा व्यवसायीमात्र होईन स्थानीयहरु त्रसित भएका हुन् ।
सरकार तथा विभिनन सञ्चारमाध्यमहरुले कोरोना भाईरस (कोभिड-१९) कसरी एक अर्कामा सर्छ र सावधानीहरु के–के हुन भनेर सचेतना सन्देशहरु दिँदा दिँदै पनि जनतामा देखिएको असावधानीले हामी चिन्तित भएको छौं, वडान नं.२८ का वडाध्यक्ष भाइराम खड्गी चिन्ता व्यक्त गर्छन् ।
तरकारी बजारमा व्यवस्थित गर्न आफू र सहयोगीहरुका साथ आएको टिमले बजारभित्र यत्रतत्र राखिएको मोटरसाईकल, क्रेट, कुहेको तरकारी, कार्टुन बक्सलगायतका सामाग्रहरु व्यवस्थित गरी ग्रहकहरुलाई तीन–तीन मिटरको दूरी कायम गर्न सहजताका लागि व्यवसायीहरुलाई आग्रह गरिरहेका थिए । वडाध्यक्ष खड्गी भन्छन्–”हामी यो अव्यवस्थितलाई व्यवस्थित गर्दै छौं, पर्सिबाट यहाँ सबै व्यवस्था मिलाउँछौं ।”