माहामारिको समय मस्जिद मदरसा बन्द गरौ जामात समुहमा कोरोना फैलिन्छ – डा.एम डि. रजा
बैसाख ६ वीरगंज _ नेपालको अधिकांश मस्जिद-मदरसा वैदेशिक आर्थिक सहयोगमा दान जाकात बाट बनेको हो र यसको नाममा आनाथ बुद्ध र बचा को लागि दान पनि बेला-बेलामा भित्रिएकै हो । केही नेपालमा गरिएका दान जाकात को रकम ले मद्र्सा बनेका हुन ।
मुस्लिम समुदायकोका ब्यक्तिहरु ले बर्सेनि कमाएका सम्पुर्ण रकम बाट २.५ % दान गर्न गर्छन ताकी यो आनाथ मदरसा का बच्चा र बुढा बाच्न सकुन । हाल मास्जिदमा बसेकाहरु गरिब ब्यक्तिहरु हुन। यिनीहरु को घर बार हुन्न । गरिबी को कारन ले मस्जिद लाई बृध र बाल आश्रम बनएका हुन । मुस्लिम जामातीहरु आर्थिक रुपले गरिब ब्यक्तिहरु हुन । यि गरिबहरु दान र अनुदान को भर मा बचेका हुन्छन । अनि अहिले विदेशी मुस्लिमको आश्रयस्थल बन्नु सवभाभिक हो । तर माहामारीको बेला बन्द गर्ने नियम छ । यति बेला भाईरस द्रुतगतिमा फैलीदै छ । आनाथ गरिब हरु मदरसा र मस्जिदलाई बृधा र बाल आश्रम बनाएर बसेका छन । झुन्डिएर जामातमा बसेका यि बृधा र बालबालिकाहरु मा कोरोना फैलिदै छ ।
जामात र ग्रुपमा बस्दा कोरोना सबैमा सर्न सक्छ । जामाती र अनाथ हरुमा ज्ञान् को कमि देखिन्छ । हातमुख धुदा पानीले मत्र धुने गरेका छ्न । कोरोना भाईरस पानीले मात्र मर्दैन । सबुन पानीले हात धुनु पर्छ । यसरी जामातमा बसेका मध्ये एक जानालाइ पनि भाइरस छ भने सबै जामाती लाई सर्न सक्छ । एक जाना ब्यक्तिले खोक्दा वा हाछ्च्यु गर्छ भने भाइरस वरिपरिका सब जामाती मा फैलिन्छ । जमाती कहिँ -कुनै मस्जिद मा छ भने प्रहरी -प्रशासन लाई जानकारी गराउन पटक पटक मुस्लिम अगुवा प्रतिनिधिहरुले अपिल गर्दा गर्दै पनि कसैले प्रशासन लाई जानकारी गराएन त्यसलाई के भन्ने ? जमाती फसेको कि जमाती लाई लुकाएको ? उनी हरु फसेका हुन अथावा घरबार नभएका ब्यक्ति हरु हुन जस्तो लाग्छ । मदर्सा मा बस्ने वृद्ध र बच्चाहरु आनाथ हुन ।
प्राय : यिनी हरु को घर हुन्न । नेपालको ७७ वटै जिल्ला को प्रत्येक मस्जिदमा राष्ट्रिय मुस्लिम आयोग र स्थानीय मुस्लिम समुदायको सहयोगमा गृह मन्त्रालयले यिनीहरुको घर पुरयाउनु पर्छ या अलग राखने बेवास्ता गर्नु पर्छ । सबैलाई क्वारेन्टाइन मा राख्नु पर्दछ। नेपाली मुस्लिम समुदायले ४ हप्ता देखि जुमाको नमाज समेत पढेका छैनन , लक डाउन मा परेको पर्व घरमा मनायौं समय र परिस्थिति को गम्भीरता बुझ्नु पर्छ । धर्मले माहामारिको समय धार्मिक मस्जिद मद्र्सा तथा अनय समूहमा हुने निर्दय कार्य रोक लागये पनि आज्ञान बनी रख्नु हुन्न्न ,गैर जिम्मेवारपुर्ण र मानवीय संबेदना बुझ्न जरुरी छ ।