असीना पानी र हावा हुरीले तराईको जिल्लामा लखौको क्षति
बैसाख ६ वीरगंज _ कोरोना भाइरसको त्रास र महिनौं देखि को लकडाउनको पिडादायी अवस्थाको बीच मै हिजो रातीको भिषण हावाहुरी र असिना पानीले तराई मधेसका बिभिन्न जिल्लामा ठुलो क्षति पुर्याएको छ । हिउदेबाली भित्रयाउने महत्वपुर्ण घडीमा आएको यो प्राकृतिक प्रकोपले किसानहरुको ढाड नै भाचेको छ । यस प्रकोपले गरिबहरुकको झुपडी र घरको छाना उड़ाउनुको साथै किसानको आप, लिचि र मकै बालीमा ठुलो क्षति पूर्याएकोछ । यस संकटपुर्ण अवस्थामा पीड़ित गरिब र किसानहरुलाई तुरन्त राहत एवं क्षतिपुर्तिको व्यवस्था गर्न तीनै तहको सरकारको उतार दायित्व देखिएको छ ।
यस सँगै मंगलबार र शुक्रबार को हावाहुरीको कारणले,पर्सा , बारा र रौतहटमा हजारों हजार विगहामा लगाईएको नगदे बालि मकै खेती नष्ट भएको छ। रौतहटको मौलापुर नगरपालिका अन्तर्गत रहेका गाविस सोनरनीया, मर्यादापुर, पतौरा र पथरा बुधरामका कृषकहरूले मकै खेती लगाएका बाली नष्टभएको समाचार प्राप्त भएको छ । खेत को बाली स्खाप भए पछि कृषकहरूको चिन्ता र दुःख् व्यक्त गरेका छन ।