राहत वितरणकाे लागि खरिद भएकाे खाद्यान्न सामग्रीमा अनियमितता भएकाे पकहा मैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुशमी देवीले आराेप
बैसाख ५ विरगंज _पर्सा जिल्लाको पकहा मैनपुर गाउँपालिकामा राहत वितरणकाे लागि खरिद भएकाे खाद्यान्न सामग्रीमा अनियमितता भएकाे गाउँपालिकाकी उपाध्यक्ष कुशमी देवीले आराेप लगाएकी छन् । उनका अनुसार गाउँपालिकाकाे बिशेष सभाले लकडाउमा समस्यामा परेका अति गरिब परिवारकाे राहत वितरणकाे लागि रु ८० लाख बजेट छुट्याएकाे थियाे । राहत वितरण कै लागि प्रदेश सरकारले गाउँपालिकालाई रु १० लाख अनुदान समेत दिएकाे छ ।
साेही रकमबाट राहत वितरणकाे लागि चामल, दाल, आलु, तेल लगायतकाे खाद्यान्न सामग्री खरिद समिति बनेकाे थियाे । जुन समितिमा आफु भए पनि आफुलाई खरिद कार्यमा सहभागि नगराई अध्यक्ष चाैरसिया र प्रमुख प्रशासकिय अधिकृत सिंहले अनियमितता गरेकाे आराेप उपाध्यक्ष कुशमीकाे छ ।
उनका अनुसार कुनै सुचना बेगर नै खरिद एन विपरित राहत सामग्री खरिद भएकाे छ । विपदकाे समयम कमसेकम ३ दिनकाे सुचना अवाहान गरी सामग्री खरिद गर्नु पर्ने त्याे पनि नभएकाे उनकाे भनाई छ ।
यस अघि बसेकाे गाउँपालिकाकाे बाेर्ड बैठकले गाउँपालिका अन्तर्गतकाे सबै वडाका अति गरिब तथा विपन्न परिवारलाई सरकारी मापदण्ड अनुसार चामल २५ किलाे, दाल ३ किलाे, आलु ५ किलाे, नुन एक किलाे, तेल एक किलाे लगायतकाे खाद्यान्न सामग्री राहत वितरण गर्ने निर्णय गरेकाे समेत उनले वताइन ।
तर पछि गाउँपालिकाले बिना सर्बदलिय बैठक कै चामल १० किलाे, आलु २ किलो, प्याज १ किलो, दाल ५०० ग्राम, स्वयाबिन ५०० ग्राम, नुन १ किलो, तेल ५०० ग्राम र चना ५०० ग्राम मनपरी तरिकाले वितरण गर्न थाले पछि साेकाे आफुले बिराेध गरेकाे उपाध्यक्ष कुशमीले जानकारी गराइन ।
साेही बिषयमा चैत २८ गते उपाध्यक्ष कुशमीले प्रमुख प्रशासकिय अधिकृत सिंह माथी हातपात समेत गरेकी थिइन ।
यता बैशाख ४ गते बिहिबार बसेकाे गाउँपालिकाकाे बाेर्ड बैठकले थप राहत वितरणकाे लागि ९ लाख रकम छुट्याएकाे र गाउँपालिका उपाध्यक्षद्वारा प्रमुख प्रशासकिय अधकृतमाथी भएकाे हातपातकाे अभिव्यक्ति सच्याउन भएकाे निर्णयमा आफ्नाे कुनै किसिमकाे सहमती नरहेकाे वताएकी छन् ।
उपाध्यक्ष कुशमीले आज एक प्रेस विज्ञप्ती नै जारी गर्दै साेकाे खण्डन गरेकी छन् । आफ्नाे सहमती बेगर बाेर्ड बैठकका आफ्नाे नाम जाेडी गाउँपालिका अध्यक्ष चाैरसियाले गलत निर्णय सार्बजनिक गरेकाे प्रति आफ्नाे ध्यान आक्रषण भएकाे भन्दै त्याे कुरामा कुनै किसिमकाे सत्यतता नरहेकाे उनको भनाई रहेको छ।