नेपालमा थप १४ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ३० पुग्यो – स्वास्थ्य मन्त्रालय
काठमाडौँ । नेपालमा आज थप १४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । थपिएका १४ जनामा २ जना चितवनमा र १२ जना उदयपुरमा थपिएका हुन् ।
उदयपुरमा १२ जना भारतबाट आएका मुस्लिमहरु भएको बताइएको छ । उनीहरुलाई मस्जिदमा लुकिरहेको अवस्थामा भेटिएपछि टेस्ट गर्दा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरमा पुष्टि भएका १२ जना पुरुष रहेको र उनीहरुको उमेर ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ रहेको छ । त्यस्तै चितवनमा पुष्टि भएकामा एक २७ बर्षिय पुरुष र अर्की ६३ बर्षिय महिला रहेको मन्त्रालयले पुष्टि गरेको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । यस अघि १६ जनामा कोरोना संक्रमित पोजेटिभ देखिएका थिए । संक्रमित मध्ये एक जना ठिक भएर घर फर्किएका छन् भने १५ जना अहिले विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
अहिले सेती प्रादेशिक अस्पतालमा ५ जना, नारायणी अस्पताल वीरगन्जमा ४ जना, शुक्रराज अस्पताल टेकु, धौलागिरी अस्पताल बागलुङ र पाटन अस्पतालमा २-२ जना उपचारत रहेका छन् ।