पटेर्वा सुगौली गाउपालिका वाड न:-४ दक्षिण सुगौली का दलित अगुवा यूवाहरुले गरे राहत वितरण
देशै भरि महामारीको रुपमा तिब्र गतीले बढिरहेको कोरोना भाईरसले गर्दा दैनिक ज्याला दारी गरि खाने अति बिपन्नको लागी चुलो बाल्न समेत समस्या भईरहेको बेला पर्सा जिल्ला को पटेर्वा सुगौली गाउपालिका वाड न:-४ दक्षिण सुगौली का दलित अगुवा यूवाहरु आफ्नो तर्फबाट चान्दा असुली गरी चालिस परिवारलाई १० किलो चामल, ५ किलो गेहु, १किलो नुन र आधा किलो दाल प्रति व्यक्तिका दरले आफु भन्दा अति गरीब तथा बिपन्न दलित र गरीब परिवारलाई राहत स्वरुप सहयोग वितरण गरेका छन ।
भौतिक सहयोग गर्ने सामर्थ्य भएका धनी मानीहरु खल्तीमा हात घुसारेर निदाएका बेला भावनात्मक सहयोग गर्ने खुबी भएका पटेर्वा सुगौली गाउपालिका वाड न:-४ दक्षिण सुगौली का दलित अगुवा यूवाहरु अहिले बधाई का पत्र बनेका छन । बिश्वव्यापी महामारिको रुपमा फैलिएको करोना भाइरस (कोविन१९)को कारण देश अहिले लकडाउनमा रहेको छ । प्रदेश सरकारले अहिले प्रत्येक स्थानिय तहलाइ बजेट पनि छुटयाई दिएको छ र हरेक स्थानिय तहले छुटियाएको रकम आफ्नो पालिका भित्र का अति बिपन्न र गरीब परिवार लाई वितरण गरी सक्नु पर्ने हो तर अहिले सम्म पर्सा जिलाको पटेर्वा सुगौलीगा. पा. का प्रमुख र वाड अध्यक्ष मौन रहेको पाइएको छ। यस्तो अवस्थामा भोकले तड़पीएका हरुलाई हामी यूवा मिली सानो सहयोग गरेको पटेर्वा सुगौली गाउपालिका वाड न:-४ दक्षिण सुगौली का दलित अगुवा यूवा बीरबहादुर राम ले बताउनु भएको छ।