स्थानिय समाज सेवी राहत वितरण कार्यमा अगाडि
0
Shares
बैसाख ५ वीरगंज _ कोरोना भाइरसले लकडाउन भए देखि अधिकांस स्थानिय तहका गरीब र अति बिपन्न परिवार मा खाने लाउने कुरा को कमी हुदै गएको छ। धेरै ठाउमा ज़िम्मेवार जनप्रतिनिधि न हुदा उनीहरुको समस्या अहिले सर्व साधारणले नै बुज्दै आएको छ।
यसै क्रममा आज पर्सा जिल्लाको बहुदर माई नगरपालिका वाड न . ३ नगरदाहा पदमौल टोलमा स्थानिय समाज सेवी अनिरुद्ध प्रसाद साह ले १५० अति बिपन्न र गरीब परिवार मा प्रति परिवार ८ किलो चमाल , १ किलो दाल , १ कोलो मटर र १ किलो नुन राहत वितरण गर्नु भएको कुरा बिरेन्द्र प्रसाद साहले बताउनु भएको छ ।