जमाती भाइरस फैलाउन कै लागि एक ठाउँबाट अर्को हिंडेका पक्कै होइनन- डा.एम डि. रजा
तबलिगी जमात पनि भारत उपमहादिप् कै उत्पत्ती नै हो त्यसैले धेरै थोरै अन्धोपन उनिहरुमा पनि हुनु स्वाभाबिक नै हो ! तबलिगी जमातको १०० बर्ष लामो ईतिहास छ तर कहिलै शायद यस्तो आरोप प्र्त्यारोपको सामना गर्नु परेन होला । अहिले विश्व बारी नै फैलिएको कोरोना भाईरसको महामारीलाई उनिहरुले सहि आकलन समयमा गर्न सकेनन । एसो भनिरहदा उनिहरु भाइरस फैलाउन कै लागि एक ठाउँबाट अर्को ठाउमा हिंडेका पक्कै होइनन। त्यो कुरालाई अहिले केही व्यक्तिको अतिबादी सोचाइले उनिहरुको १०० बर्षको चलनलाई fit गरिदिन खोजेको मात्रै हो जस्तो लाग्दै छ ।
अर्को कुरा हरेक धर्ममा धर्म प्रचारक ठाउँ ठाउमा हिडेकै हुन्छन यसो भनि रहदा जमातीले पनि धार्मिक काम कै लागि ठाउँ ठाउँ हिंडे तर उनिहरुबाट यो ठुलो भुल नै भयो भने जस्तो लाग्दै छ । यस्तो विश्व भरि नै महामारी लागेको बेला ठाउँ परिवर्तन गर्न नहुने हो जो जहाँ छ त्यहि बस्नु पर्ने (अर्थात आफ्नै घर परिवार या बिदेशमा भए बिदेश्मै बस्नु पर्ने ) हो । ईस्लाम धर्म कै आदेश (हदिश) लाई उनीहरुले समय मै पालन गर्न आवश्यक देखेनन या जाना जानी कठोर् अव्याबहारिक बाटो समातेको देखिन्छ । या उनिहरुलाई निर्देशन गर्ने प्रमुखहरुबाट निकै ठुलो त्रुटि भएको हो बुझन सकिन्छ । तबलिगी जमाती एक पटक घर बाट निस्के पछी ३ महिनाको लागि निस्किने गर्दछन । त्यसैले यसका प्रमुख निर्देशक मौलानाहरुले फेब्रुअरी महिना बाटै यो घुम्ने यात्रा पूर्णरूपमा खारेज गरेर कुनै पनि कार्यकरम अनिश्चित कालसम्मका लागि रोक्नु पर्दथ्यो तर त्यो भएको पाइएन र आज त्यो कुरा को परिणाम सम्पूर्ण मुस्लिम समुदायले भोगनु परेको छ ।
तर यसो भनिरहदा भूल अरु पक्ष र सरकारहरुबाट पनि टन्नै भएकै छन । पर्याप्त समय दिएर सबै लाई आ-आफ्नो घर फर्किन समय र सुबिधा दिनु पर्ने थियो त्यो भएन । त्यो कुरा न मानेको भए मात्र केहि कार्यवाही कारबाही गरिनु पर्दथ्यो । उसो त आज संसारको सबै भन्दा शक्तिशालि देश अमेरिका र त्यसका राष्ट्रपति पनि अस्ती मात्रै १ महिना अगाडि सम्म कोरोनाको खुल्लम खुल्ला खिल्ली उडाएकै हुन र त आज अमेरिकाले यो निकै भयाभह समयको सामना गरिरहेको छ ।अमेरिका जस्तो बिज्ञानको अव्वल दर्जाको देश र सरकारले त कोरोना भाईरसलाई समय मै चिन्न सकेन भने नेपाल र भारत बर्षका गरीब, अशिक्षित , तल्लो तब्काका मुसलमान र तबलिगी जमातले सरकार र सम्बन्धित निकायले भन्दा पहिलै यो स्तिथि लाइ कसरी चिनुन ?? तबलिगी जमात १०० बर्षको ईतिहासमा मस्जिद मै बसेर मुसलमान मुसलमान बिच धार्मिक ज्ञानको आदान प्रदान गर्ने र अझै खस गरेर मुस्लिम ब्यक्तिगत चरित्रको सुधार गराउने र उनिहरुलाई मस्जिदको ढोका सम्म ल्याउने विशुद्ध धार्मिक समुह मात्र हो । उनिहरु सँग राजनीति र बाहिरी कुराहरुको ज्ञान खासै बढी पनि हुँदैन पनि त्यसैले उनिहरु ३ महिना अगाडि घर छोडेर हिंडेका र कुनै न कुनै मस्जिदमा lockdown ले गर्दा अड्किन पुगेका हुन, लुकेर बसेको भन्ने शब्द आज प्रचारबाजी भैरहेका छन जुन चाही नितान्त आपत्तिजनक र इंगित शब्द हुन् ।
त्यसैले यो समय आरोप प्रत्यारोप लगाउने भन्दा पनि नजानेका नबुझेकालाई बुझाएर सबैको भलो गर्ने गराउने समय हो । यसलाई धार्मिक आरोप प्रत्यारोप लगाउनु भन्दा , हामी सबै उनीहरुको समस्या बुझी दिनु पनि पर्दछ । अझ पनि हामी यहि भन्न चाहनछौ कि तबलिगी जमात र मुस्लिम समुदायको यथार्थ बुझेर मात्र केहि लेख्ने र बोल्ने गरौ । हामी लाइ आपसी भाइचारा र एक अर्काको सहयोगको खाचो छ। तबलिगी जमात पनि एउटा सर्व साधारण जनता नै हुन् उनीहरु कुनै कोरोना फैलाउने जमात पक्कै होइन ।
धन्यबाद
डा. एम.डि. राजा