पर्सा जिल्लाको पोखरिया नगरपालिकामा आज बाट राहत वितरण सुरु
बैसाख ४ विरगंज _ पर्सा जिल्ला को दोश्रो सदर मुकाम ले नामले परिचित पोखरिया नगरपालिकामा आज बाट राहत वितरण सुरु भएकाे छ । आज पहिलो दिन पोखरिया नगरपालिकाकाे वडा नं. ३ बसन्तपुरमा आज राहत वितरण गरिएको छ ।
कोरोना को कारण लकडाउनमा अति प्रभावित वडा अन्तर्गतका वडा नं. ३ बसन्तपुरका १ सय ६० अति बिपन्न र गरिब परिवारलाई राहत वितरण गरिएको छ ।राहत को रुपमा नगरपालिकाले प्रति परिवार २५ किलाे चामल, दाल २ किलाे, तेल १ किलाे, नुन २ किलाे, आलु ५ किलाे, प्याज २ किलाे, साेयाबीन ५०० ग्राम, लुगाधुने साबुन २ पिस र नुहाउने साबुन २ पिसका दरले वितरण गरिएको समाचार प्राप्त भएको छ ।
आज को राहत वितरण कार्यक्रममा नगर प्रमुख दिपनारायण राैनियार, उप प्रमुख सलमा खातुन, संविधान सभा सदस्य रामेश्वर रौनियार, वडाध्यक्ष अजय कलवार, सामाजसेवी तथा पूर्व मुखिया शंकर यादव, समाजिक शाखा प्रमुख बिनोद पाण्डे, वाड सदस्यहरु , नेपाल प्रहरी का प्रतिनिधि, शस्त्र प्रहरीका प्रतिनिधि, लगायतकाे उपस्थितीमा राहत वितरण गरिएको छ ।