हेटौँडामा -यापिड टेस्टमा चार जनामा पोजेटिभ, बाग्मती प्रदेशमा १२ पुगे
वैशाख ४ हेटौँडा _ द्रुत परीक्षण किटको प्रयोग गरी भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रम परीक्षण सुरु भएसँगै बाग्मती प्रदेशमा १२ जनामा पोजेटिभ देखिएको छ । द्रूत परीक्षण किट अर्थात ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) बाट कोरोना भाइरसको एन्टी बढी परीक्षण गर्दा बाग्मती प्रदेशको मकवानपुरमा चार जनासहित १२ जनामा पोजेटिभ रिपोर्ट आएको हो ।
मकवानपुरका हेटौँडा उपमहानगरपालिका क्षेत्रमा बिहीबार आरडीटी किटबाट ४९ परीक्षण गरिएकोमा चार जनाको रिपोर्ट पोजेटिभ भेटिएको छ । आरडीटी पोजेटिभ रिपोर्ट आएकाहरुलाई हेटौँडा अस्पतालको आइसोलेसन कक्षमा राखिएको हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, आरडीटी पोजेटिभ रिपोर्ट भेटिएकाहरुको स्वाब सङ्कलन गरिएको छ, पीसीआर विधिबाट कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित कोरोना प्रयोगशालामा परीक्षणपछि कोरोना भाइरस लागे नलागेको यकिन हुन्छ ।
हेटौँडा १५ मा नौ जना र हेटौँडा ४ स्थित बासुदेव सभागृहमा ४० जनाको आरडीटी परीक्षण भएको भारत घर भइ हाल हेटौँडा ४ मा बस्दै आएका महिला, भारत गएर फर्किएका हेटौँडा–२ का ६७ वर्षीय पुरुष, भारतबाट फर्किएका हेटौँडा–५ का २४ वर्षीय पुरुष र साउदी अरबबाट फर्किएका ३२ वर्षीय पुरुषमा आरडीटी पोजेटिभ देखिएको हो ।
यस्तै आरडीटीबाट कोरोना भाइरसको एन्टी बढी परीक्षण गर्दा मकवानपुर बाहेक प्रदेशका जिल्लामा आठ जनामा पोजेटिभ रिपोर्ट आएको छ ।