बारा जिल्लामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीले थप जनशक्तिसहित गस्ती एवंम् सुरक्षा निगरानी बढाए
बैसाख ४ बारा_ सिमानासँग जोडिएका जिल्ला पर्सा र रौतहटमा कोरोना भाईरस कोभिड १९ का संक्रमित भेटिन थालेपछि बारा जिल्लामा रहेको नेपाल भारतको ६० किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीले थप जनशक्तिसहित गस्ती एवंम् सुरक्षा निगरानी बढाएको छ ।
विभिन्न जिल्लाबाट थप दुई सय जना सशस्त्र प्रहरी बारा आएपछि सशस्त्र प्रहरी बलले एक व्यक्तिले अर्को व्यक्ति देख्ने गरी दुरी कायम गरी सिमानालाई थप कडाई गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गणका गणपति दिगविजय सुवेदीले बताए । नेपाली सशस्त्र प्रहरी बलसँगै भारतीय सीमा सुरक्षा बल एसएसबिसँगको सहकार्यमा हाल दुबै तर्फबाट हुने आवतजावत एवंम् अन्य गतिविधिहरुलाई पूर्ण नियन्त्रणमा लिएको सुवेदीले जानकारी दिए ।
विशेष गरी नेपाली भू–भागमा मजदुरी गरी आफ्नों मुलुक फर्किन लागेका भारतीय कामदारहरु रातको समयमा लुकिछिपी भारत पर्किने र नेपालमा कार्यर्त भारतीय मजदरहरु खेतको बाटो हुँदै वत जावत गर्ने क्रम बढेपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आएर कन्ट्याक्ट हुने गरी २४ सै घण्टा सुरक्षाकर्मी तैनाथ गरेको हो । यसका साथै सशस्त्र प्रहरीले साईकल, मोटरसाईकल र गाडीबाट समेत गस्ति गरी रहेको छ । बस्ती र भूगोल हेरी सशस्त्र प्रहरीले एक सय मिटर देखि पाँच सय मिटर सम्मको दुरीमा एक एक जना सशस्त्र प्रहरी खटाई सिमाबाट हुँने आवत जावतमा पूर्ण रुपमा प्रतिवन्ध लगाएको हो ।
यसैगरि बाराको सदरमुकाम कलैया देखि जिल्लाका मुख्य बजार जीतपुर, सिमरा, निजगढ लगायतमा लकडाउनलाई अझ्झ बढी सशक्त पारिएको छ । अत्याआवश्यकीय बस्तु बाहेकका सवारी साधनलाई चल्न दिईएको छैन, भने बन्द व्यापार पनि प्राय ठप्प जस्तै पारिएको छ ।