वीरगंज का चर्चित युवा नेता तथा समाजिक अभियन्ता ओमप्रकाश श्राफ द्वारा राहत वितरण
बैसाख ४ विरगंज _ वीरगंज का चर्चित युवा नेता तथा समाजिक अभियन्ता ओमप्रकाश श्राफ ले आज विरगंज महानगरपालिका को वाड न . १५ र १६ मा कोरोना भाइसरका कारण लकडाउन हुँदा समस्यामा परेका मानिसलाइ खाध्यान्न सहयोग गर्नु भएको छ ।
राहात पाउनका लागी आवश्यक कागजपत्र नभएको कारण राहतबाट वन्चित ५० विपन्न परिवारलाइ खाध्यान्न बितरण गरीएको छ । राहात स्वरुप हरेक परीवार ११ केजि चामल, दाल, नुन, खाने तेल , चिउरा , आलु , हातधुने साबुन र मास्क वितरण गरीएको छ ।
वीरगंज का चर्चित युवा नेता तथा समाजिक अभियन्ता ओमप्रकाश श्राफका अनुसार आवश्यक कागज नभएका तर घरमा खान समेत समस्या हुदै आएका परिवारको पहिचान गरी खाध्यान्न सहयोग गरीएको बताउनु भयो । बिशेष गरि नागरिकता बिहिन, मतदता परिचय पत्र बिहिन, डेरा गरि बसेका मजदुर, ठेला चलाई गुजारा काटने हरु अति बिपन्न एवम् बिभिन्न कारणले राज्यको राहतबाट बन्चित परिवार को लागि कम्तिमा एक हप्ता चुलो बाल्ने जोहो गरेको उनले बताए । राहत सामाग्रीमा २०० किलो चामल सहित अन्य समान उपलब्ध गराउने भोर नामक सन्स्था र १११ किलो उनकै आफ़नै आमाले सहयोग गरेका छन ।