वीरगन्ज–पथलैया औद्योगिक करिडोर कोरोना फैलाउने ‘हट जोन’ बन्दै
बैशाख ४ वीरगंज_ कोरोना को डर र संत्रास अहिले विश्व भर छाएको बेला सचेत र सुरक्षित हुनु पर्ने हो तर त्यस्तो धेरै ठाउमा देखिएको छैन। यस्तो अवस्थामा शैली परिवर्तन नभए वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्र कोरोना फैलाउने ‘हट जोन’ का रुपमा दरिने सम्भावना अहिले बढेर गएको छ ।
तीन जिल्लाका श्रमिकको श्रमस्थल रहेको यो कोरिडोर क्षेत्रमा उधोगले श्रमिकका लागि अति आवश्यक मापदण्ड प्राय अपनाएका छैनन् । अति आवश्यक मापदण्ड न अपनाउदा श्रमिक र उसको परिवारमा अहिले उच्च जोखिम थपिदै गएको देखिनछ।
एक–दुई वटा औषधि निर्माण कम्पनीले भने दुई गाडीमा आउने श्रमिकलाई तीन वटा गाडीमा ल्याउने व्यवस्था गरेको र उद्योगमा पुगेपछि हातमा सेनिटाइजर लाउन दिनेबाहेक अरु खासै व्यवस्था नगरेको पाइएको खवर छ । यसले पर्सा , बारा , रौतहट कोरोना फ़ैलाउने हट जोन बने संभावना बढेर गएको छ ।