कोरोना भाइरस : मृतकको संख्या करिब १ लाख ३० हजार, अमेरिकामा मात्र २६ हजारभन्दा बढीको मृत्यु
विश्वभरि कोभिड १९ ( कोरोना भाइरस) बाट मृत्य हुनेको संख्या करिब १ लाख ३० हजार पुगेको छ । यो समाचार तयार पार्न समयसम्म मृतकको संख्या १ लाख २९ हजार ९५१ पुगेको छ । विश्वभर संक्रमितको संख्या २० लाख ३४ हजार ८२१ पुगेको छ भने करिब ५ लाख मानिसहरु निको भएर उपचारपछि घर फर्किएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो समय संयुक्त राष्ट्र अमेरिकामा संकमितको संख्या ६ लाख १८ हजार ८९३ पुगेको छ । अमेरिकामा मृतकको संख्या सबैभन्दा बढी रहेको छ । हालसम्म अमेरिकामा २६ हजार ३३४ जनाको मृत्यु भएको छ । आज मात्र अमेरिका ५ हजार भन्दा बढी संक्रमित भेटिएका छन् । विश्वभर कोरोना भाइरसबाट सबैभन्दा बढी मृत्यु दोस्रो स्थानमा सबैभन्दा बढी मृत्यु हुनेको संख्या इटलीमा रहेको छ । इटलीमा हालसम्म २१ हजार ६४५ रहेको छ । इटलीमा संक्रमितको संख्या १ लाख ६५ हजार १५५ रहेको छ ।
स्पेनमा मृतकको संख्या १८ हजार ५७९ रहेको छ । संक्रमितको संख्या १ लाख ७७ हजार ६३३ रहेको छ भने ७० हजार ८५३ उपचारपछि घर फर्किएका छन् । ८० हजार २०१ व्यक्ति उपचाररत रहेका छन् । बेलायतमा एकदिनमा ७६१ को मृत्य भएको छ । बेलायतमा हालसम्म १२ हजार ८६८ पुगेको छ । बेलायतमा आजमात्र ४ हजार ६०३ नँया संक्रमित भेटिएका छन् । बेलायतमा कुल संक्रमितको संख्या करिब १ लाख पुगेको छ । जर्मनी मा ३ हजार ५९२ , इरानमा ४ हजार ७७७ , बेल्जियममा ४ हजार ४४० र नेदरल्याण्डमा ३ हजार १३४ जनाको मृत्युु भएको छ ।