लकडाउन खुकुलो न बनाउन विश्व स्वास्थ्य संगठनको आग्रह
0
Shares
बैसाख ३ एजेन्सी _कोरोनाभाइरस फैलिनबाट रोक्नका लागि लगाइएका नियन्त्रणलाई खुकुलो बनाएका देशहरूले कम्तीमा दुई हप्तासम्म त्यसको असर हेरेर मात्र अझ खुकुलो बनाउनुपर्ने विश्व स्वास्थ्य संगठनले बुधवार जनाएको छ ।
आफ्नो पछिल्लो स्ट्राटेजी अप्डेटमा संगठनले संसार अहिले महाव्याधिको महत्त्वपूर्ण समयमा आइपुगेको र यसलाई रोक्नका लागि कुन उपाय आवश्यक छन् भन्ने विषयको निर्क्यौल गर्न तीव्रता, व्यापकता र समता हाम्रो निर्देशक सिद्धान्त हुनुपर्ने जनाएको छ ।