विश्वमा पहिलोपटक मृतकको शरीरबाट सर्यो कोरोना संक्रमण
0
Shares
विश्वमा पहिलोपल्ट कोरोना संक्रमणका कारणबाट मृत्यु भइसकेको शरीरबाट स्वास्थ्यकर्मीलाई संक्रमण सरेको छ । अनुसन्धानकर्ताहरूले ल्याबमा काम गर्ने एकजनालाई मृत शरीरबाट संक्रमण फैलिएको पाएका हुन् । उनको पनि मृत्यु भइसकेको छ ।
चिकित्सकहरूले संसारमा मृत व्यक्तिबाट कोरोना सरेको यो नै पहिलो केस भएको दाबी गरेका छन् । यो घटना थाइल्याण्डको बैंककमा केही दिन अघि घटेको थियो ।