अब बैसाख १५ सम्म लकडाउन हुने मन्त्रिपरिषद्को निर्णय
0
Shares
बैसाख २ काठमाण्डौ _ मन्त्रिपरिषद् बैठकले बैसाख १५ गतेसम्म देशभरि लक डाउन गर्ने निर्णय गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्याइएको थियो। लक डाउन हुनुभन्दा अघि नेपालमा कोरोना संक्रमितको संख्या जम्मा दुई जना थियो तीमध्ये पनि एक जना उपचार भएर घर फर्किसकेका थिए। अहिले कोरोना संक्रमितको संख्या १६ पुगेको छ