सनसिटी अपार्टमेन्टका तिनै जनामा कोरोना देखिएको पुष्टि, संक्रमितको संख्या १७ पुग्यो
0
Shares
बैसाख २ काठमाडौं_ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने तिनै जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । तिनै जनामा कोरोना संक्रमण भएको रा.जनस्वास्थ्य प्रयोगशालाले पुष्टी गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)बाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको तिनजनाको पीसीआर टेस्टमा रिपोर्ट पोजेटिभ देखिएको हो ।
अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको देखिएपछि उनीहरुलाई सोमबार पाटन अस्पताल लगिएको थियो । आमा छोराबुहारीसँगै अपार्टमेन्टमा बस्दै आएकी थिइन् ।अपार्टमेन्टलाई प्रहरीले सोमबार साँझ नै सिल गरेको छ ।