स्वास्थ्य मन्त्रालयद्वारा कोभिड-१९ र अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशका जारी
बैसाख २ काठमाडौं– सरकारले कोभिड-१९ तथा अन्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६ जारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिड१९ को महामारीको सन्दर्भमा कोभिड१९ को संक्रमण हुने क्रम बढेसंगै सरकारले अन्तरिम निर्देशिका जारी गरी लागू गरिएको बताए।
उनले प्राथमिकदेखि विशिष्टकृत सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थामा कोभिड१९ का शंकास्पद, सम्भावित र पुष्टि भएका केसको व्यवस्थापन सहज बनाउन र त्यसबाहेक अन्य स्वास्थ्य सेवालाई निरन्तरता दिई जनस्वास्थ्यमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्ने निर्देशिकाको उद्देश्य रहेको बताए। उनले भने,‘सरकारी तथा निजी अस्पताल दुबैमा कोभिड१९का बिरामी कसले हेर्ने अन्य बिरामी कसले हेर्ने भन्ने द्धिविधा भयो, त्यसैले दुबै बिरामीको उपचार सेवा व्यवस्थित बनाउन निर्देशिका बनाइएको हो।’
सो निर्देशिकाल कोभिड१९ क्लिनिक को उपचार गर्ने १११ अस्पतालको नाम उल्लेख गरेको छ। कोभिड१९ क्लिनिक थप हुदै जाने बताइएको छ।