भारतमा ३ मई सम्म लकडाउन घोषणा
एजेन्सी, २ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १८ दिन लकडाउन लम्ब्याएको घोषणा गरेका छन् । भारतमा २१ दिने लकडाउन सकिनै लाग्दा उनले आज विशेष सम्बोधन गर्दै ३ मई सम्म लकडाउन लम्ब्याएको घोषणा गरेका हुन् ।
‘अब ३ मई सम्म लकडाउन लम्ब्याइएको छ,’ उनले भने, ‘सामाजिक दुरी र लकडाउनको लाभ देशलाई मिलेको छ ।’ आर्थिक दृष्टिले यो महङ्गो सावित भएपनि भारतवासीको जीन्दगीको अगाडि यसको कुनै तुलना नभएको बताए । उनले भने, ‘भारत जुन मार्गमा चलेको छ त्यसको चर्चा दुनियाँभरमा भएको छ ।’
त्याग गरेर देशलाई नोक्शान हुनबाट बचाएको भन्दै धन्यवाद व्यक्त गरे । भारतले संक्रमणबाट रोक्न अन्य देशको तुलनामा महत्वपूर्ण काम गरेको बताए ।
केही हप्ता अघि भारत जत्तिकै संक्रमित संख्या भएका देशहरुमा हजारौं हजार संक्रमित भइसकेको उल्लेख गरे ।