विपन्न र मजुदुरका लागि राहत खोई ? भोकले छट्पटाउँदै दलित परिवार
बैसाख २ बीरगंज _घरमा चुलो छ। तर चुलो बलेको देखिँदैन। घरमा चामल र दाल छैन। खाना पकाउने अन्य सामान पनि रित्तिसक्यो। आँगन सुनसान छ। नाङ्गै खेलिरहेका बच्चा पनि भोकले छटपछाइरहेको देखिन्छ।
यो दुखान्त दृश्य हो सप्तरीको खड्ग नगरपालिका ३ की पुरनी देवी राम घरको। बनिबुतो गरेर खाने उनी लकडाउनका कारण संकटमा परेकी छन्। उनी भन्छिन्, ‘लकडाउनले कतै काम पाउँदैन। घरमै बस्नु परेको छ। मजदुरी गर्न नपाउँदा घरमा केही छैन। सबै कुरा सक्यो।’
लकडाउनको २१ दिन जसोतसो गुजारेका उनी राहतको पर्खाइमा छिन्। तर यहाँ राहत बाँड्ने सुरसारसमेत भएको छैन। उनको जीवन आहतमा छ।
प्रदेश २ सरकारले लकडाउनका कारण गरिब, विपन्न र मजुदुरका लागि राहत प्याकेजको घोषणा गरेको दुई साता वित्न लागेको छ। स्थानीय तहलाई प्रदेश सरकारले रकम पनि पठाइसकेको छ।
तर राहत वितरण भने अधिकांश स्थानीय तहले सुरु गरेको छैन। प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादबले सबै स्थानीय तहले राहत वितरण सुरु गरिसकेको झुठो दावी गरेका छन्। यस्ता दृश्य अन्य ठाउमा पनि देखिन आएको छ । सरकारले समयमा ध्यान डीएन भने गरीब र दलित बस्तिमा भोकमरी ले धेरै मर्ने देखिनछ ।