कोरोना महामारी मा मस्जिद लकडाउन सफल पारी सबैकाे ज्यान जाेगाउनु सम्पूर्ण मानव समुदायकाे कर्तव्य हाे
कोरोना महामारी मा मस्जिद लकडाउन सफल पारी सबैकाे ज्यान जाेगाउनु सम्पूर्ण मानव समुदायकाे कर्तव्य हाे
नेपाल सरकारले लकडाउन घाेषणा गरेदेखिन् नै जनचेतना फैलाउने र सूचनाहरू जारी गर्ने काम भइरहेकै छ।मुस्लिम आयाेगले मस्जिद, मद्रसा आदिमा नमाज समेत कुनै किसिकाे भीड नगर्न र कुनै किसिमकाे सभा-सेमिनार आयाेजना नगर्न मुस्लिम समुदायलाई पटक पटक आह्वान गर्दै आएकाे छ देशका विभिन्न मस्जिदहरूमा तब्लीग जमातहरू फसेकाे जानकारी प्राप्त भएपछि जमातका अगुवाहरूलाई पनि आयाेगले स्थानीय प्रशासनलाई जानकारी गराएर समन्वय गर्न सुझाव दिएकाे थियाे । कतिपय जिल्लाहरूमा तब्लीग जमात र स्थानीय प्रशासनबीच समन्वय पनि हुनु राम्राे कुरा हाे।यसउप्रान्त यदि कुनै मस्जिद, मद्रसा, खानकाह वा मुसाफिरखानामा कुनै पनि किसिमकाे समूह, बिद्यार्थीहरू वा तब्लीग जमात फसेकाे/ बसेकाे रहेछ भने मद्रसा, मस्जिद कमिटी र तब्लीग जमातका जिल्ला अमीर (अगुवा) हरूले तुरून्त नजिककाे प्रहरी, जिल्ला प्रशासन कार्यालय वा मुस्लिम आयाेगलाई खबर गरिदिनुहुन आह्वान गरिन्छ।सही सूचना दिने व्यक्ति वा संस्थालाई सरकारले कुनै किसिमकाे कारवाही नगर्ने समेत जानकारी गराउन चाहन्छु।सरकारले सूचनाकाे आधारमा फसेका व्यक्तिहरूकाे उध्दार गरी, स्वास्थ्य परीक्षण गराएर आवश्यक व्यवस्था मिलाउने छ।कुनै पनि किसिमकाे भय न पाल्नुहाेस्।
हाल सामाजिक संजालमा कुनै व्यक्ति विशेष , धर्म , समुदायको मर्यादा वा प्रतिष्ठामा आंच आउने गरी लक्षित विषय र प्रसङ्ग व्यापक रूपमा आइरहेको कुरा हामी सबैमा अवगत नै छ । गर्भमा लुकेका धेरै विषय र प्रसङ्ग छन् जुन अहिले खोतल्ने वा सतहमा ल्याउने उचित समय होइन । यदि यस्ता विषयले वर्तमान कोरोनाको महामारी भन्दा पनि विकराल अवस्था हामी माझ खडा गरेमा त्यसको व्यवस्थापन कसले गर्ने ?
कोरोना संक्रमित व्यक्ति जुनसुकै धर्म , जाति , वर्ग , सम्प्रदाय, राष्ट्र अथवा जोसुकै भए पनि , सर्वप्रथम त मानव हुन् । यो लडाई कुनै सम्प्रदाय, धर्म, वर्ग को लडाई होइन। कोरोना विरुद्धको यस लडाइमा मानवले मानव जातिको रक्षामा उच्चतम योगदान दिनुनै हाम्रो पहिलो धर्म हो ।
संकटको यस घडीमा हाम्रो तपाइको अपरिपक्क प्रतिक्रिया , सानो टिप्पणी वा कुनै असान्दर्भिक विचारले ठूलो रुप लिन सक्छ । त्यसैले आफ्नो विचार र प्रतिक्रिया अभिव्यक्त गर्दा संयमित भइ कुनै व्यक्ति विशेष , धर्म , समुदाय को मर्यादा वा प्रतिष्ठामा आंच आउने गरि लक्षित नगरौ । हामी सबैको एकतानै हाम्रो सामुहिक सामर्थ्य हो। कोरोना विरुद्धको यस लडाइमा सामुहिक सामर्थ्यको उच्चतम प्रयोग गरौ । यसैमा हामी सबैको भलो छ ।
सामाजिक सद्भाव खलबलिने गरी कुनै पनि व्यक्ति वा सञ्चार माध्यमले सामाजिक सञ्जाल र सञ्चार माध्यममा कुनै किसिमकाे सामाग्री सम्प्रेषण नगरिदिनुहुन समेत अनुराेध।
लकडाउन सफल पारी सबैकाे ज्यान जाेगाउनु सम्पूर्ण मानव समुदायकाे कर्तव्य हाे। सरकारलाई सहयाेग गर्नुहाेस्, लकडाउन सफल तुल्याउनुहाेस् ।