सलहेश पूजा विशेष: एक दिन मात्र फूल्ने फूलको आकर्षण
जनकपुरधाम । सिरहाको लहान देखि ३ किलो मिटर पश्चिम दक्षिणमा अवस्थित फुलवारीमा सयो रुख छन् । ती मध्ये एउटा रुखमा नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्छ, त्यो पनि माला आकारको ।
सिरहाको यो लोभ लाग्दो प्राकृतिक विशेषताले हरेक वर्ष हजारो नेपाली र भारतीयलाई आकर्षित गर्छ । नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्ने यो चमत्कारलाई सलहेश महोत्सवको रुपमा मनाउने गरिन्छ ।
नयाँ वर्ष भन्ने वित्तिकै मिथिलाबासीको मन फुलवारीमा अड्किन्छ । फुलवारीको मध्यभागमा रहेको मालिन मन्दिर दक्षिण टाँस्सिएको हारम रुखको मध्यभागमा फुल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ ।
मन्दिरका पुजारी नागेश्वर धामीका अनुसार हरेक नयाँ वर्षको दिन फूल्ने यो फूललाई राजा सलहेश र दौना मालिनको प्रेम प्रतिकको रुपमा लिइन्छ । एउटै रुखमा सोही स्थानमा उही आकृतिको फूल फुल्नु अलौकिक नै मान्नु पर्छ उहाँले भन्नुभयो ।
भनिन्छ दौना मालिन सलहेशलाई हृद्य देखि मन पराए पनि विशेष गर्न नपाउँदा प्रत्येक वर्ष उनको प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको रुखमा फूलको माला भएर देखापर्ने गर्छन ।
सलहेशको इतिहास
१२ औ १३ औ शताब्दीमा मिथिलाको मैसोथा भन्ने ठाँउमा सलहेश जन्मनु भएको थियो । मैसोथा हालको सिरहा नगरपालिका हो । सलहेश जन्मिने कालमा मिथिलामा सामाजिक र राजनीतिक अराजकता ब्याप्त थियो ।
ससाना ग्रामपिता बिचको अन्तरद्वन्द्वले आम जनात पिल्सिएका थिए । सलहेश तात्कालिन समान्त विरुद्ध सुसँगठित शक्तिको निर्माण गरेर सबैलाई परास्त गर्दै राज्य स्थापना गरे । पूर्वमा कोशी पश्चिममा गण्डकी उत्तरमा चुरे पर्वत श्रृखला र दक्षिणमा गंगासम्मको मैदानी भागमा सलहेशको शासन सत्ता स्थापना भयो । बाहिरी आक्रमणकारीबाट यी क्षेत्रलाई सुरक्षित बनाउन सलहेशले अत्यन्त कुशल र युद्धकलामा निपुण सैन्य शक्ति स्थापना गरेका थिए ।
गाम जनताको जिविकाको माध्यम कृर्षी र पशुपालन तथा प्राकृतिक श्रोत साधनमा आमजनातको पहुचलाई सुनिश्चित पारेका थिए । बिकेन्द्रिकृत शासन प्रणालीको स्थापना , न्याय प्रणालीलाई विश्वसनिय र छरितो बनाउनु हुने सहलेश आफ्ना योगदानका कारण देवताका रुपमा पुजित छन् । सयौ बर्ष बितिसक्दा पनि सहलेशलाई मिथिलाको प्रत्येक गाँउमा मन्दिर स्थापना गरि लोकनायकको रुपमा पूजा गरिन्छ ।
पछिल्लो समयमा सलहेशलाई दलित जातका दुसाध जातीको रुपमा अपब्याख्या गरिने कार्य भयो । तत्कालिन अवस्थामा अछुत मानिएको दुसाधको मात्र देवता सलहेशको योगदानलाई अस्वीकार गर्ने अभिजातिय सोचको परिपाटी थियो । सहलेश मिथिला र नेपालको भूमिलाई वाह्य आक्रमणबाट रक्षा गर्ने देशभक्त हुनुहुन्थ्यो । मिथिलाको साँस्कृतिक परिचय सलहेश विना अपुरो हुन्छ । सलहेशको व्यतित्वको आकर्षणको प्रभावमा अहिले पनि सम्पूर्ण मिथिला क्षेत्रमा रहेको छ ।
सलहेशको समाजमा प्रभाव
तत्कालिन समाजमा सलहेश अन्यन्त न्यायप्रेमी शासक मानिएका छन् । जातिय द्वन्द्व चर्किएको बेलामा सलहेश सबैलाई सँगठित गरेका थिए । सबै जात जाती सलहेशको नेतृत्वलाई स्वीकार गरेका थिए । मिथिला समाजमा सलहेश र उनका सहयोगी पात्रलाई सयौ बर्ष बितिसक्दा पनि कसैले बिर्सिएका छैनन् ।
सलहेशलाई न्यायको प्रतिमूर्ती मान्छन,भने कुनैपनि इच्छा रोग भोक ऋण, पीडाबाट मुक्तिको लागि अहिले पनि सलहेशलाई भाकल गर्दछन् । सलहेशका भाई मोतिरामलाई पहलमानहरु स्मरण गरि मात्र अखडामा उत्रन्छन् । बनमा लकडी र बन्य उत्पादित समाग्री ल्याउन जानेहरु हिंर्सक बन्यजन्तुसँग बँच्न सलहेश भान्जा करिकन्हा । बहिनी बनसप्तीको पूजा गर्दछन् । अर्थात मिथिलाको समाजिक जीवन सलहेशको प्रभाव व्यापक विस्तृत छ ।
किराँतसँगको सम्बन्ध
मिथिलामा सलहेशले राज्य स्थापना गरिसकेपछि सबैभन्दा ठूलो चुनौति जनतालाई एक जुट बनाउनु र यसैको बलमा सीमालाई सुरक्षित पार्नु थियो । मिथिलालाई गण्डक, गंगा र कोशीले एक प्रकारको सुरक्षा चक्र प्रदान गरेको थियो ।
उत्तरतिरबाट मात्र मिथिलामा आक्रमण हुन सक्ने बढी खतरा थियो । तिब्बत र भुटानका नरेशसँगको संलग्नता र मिथिलाका खुंखार डाँकु (दस्यु) चुहरमलको सहयोगमा पटक पटक आक्रमण भइरहेको थियो ।
मिथिलाको समथर भूमि अन्न र पशुधनको दृष्टिले अत्यन्त समृद्ध रहेको हुदा आक्रमणकारीहरु इस क्षेत्रमाथि आँखा गाडेका थिए । आक्रमणगरि फर्कने तिब्बती सैनिकहरु महाभारत पर्वत श्रृखलामा बसोबास रहेको किरातीहरुलाई पनि लुटपाट गर्दथे । अर्थात मिथिला र किराँत दुवै समान रुपमा आक्रमणको पीडा भोग्न बाध्य थिए ।
त्यति बेला मैथिल र किरात संयुक्त सैन्य निर्माण गर्ने र सामूहिक शत्रुलाई सामुहिक प्रतिवाद गर्ने सलहेशको प्रस्ताव किराँती सैन्य पति केबला किराँतले स्वीकार गरे । केही दिनपछि पकरियागढ र तरेगनागढको लडाईमा तिब्बत भुटान र चोहरमलको संयुक्त सैन्य शक्तिलाई परास्त गरि भुटानी नरेश सुंगलाई सलहेश बन्दी बनाउन सफल भएका थिए ।
अर्थात किराँतसँगको संयुक्त सैन्य निर्माणपछि बाह्य आक्रमणकारी पराजित पनि हुन थालेका थिए । तर त्यसैकारण भयभित हुन थालेका थिए । यी क्षेत्रहरु सुरक्षित हुन थालेको थियो ।
सलहेशका उपसाकहरु,उनलाई देवताका रुपमा पूज ागर्नेहरु,मन्दिर स्थापना भएका ठाँउहरुमा अहिले पनि सैन्य भेषमा मंगोलियन अनुहार देखिन्छ । त्यो केबल किराँती हो । मिथिला अहिले पनि आठसय बर्ष अगाडी स्थापित सम्बन्धलाई उतिकै सम्मान गरेको छ ।
सुनसान स्थल
कोरोना भाइरसको आतंक र लकडाउनका कारण सो स्थल आज सुनसान छन । कोही कतै छैनन । विगतका वर्षहरुमा ठूलो मेलानै लाग्ने गथ्र्यो तर यसपाली कुनै भीड छैनन । मेलामा कोही नओस त्यसका लागि चारैतिर सुुरक्षाकर्मी खटाइएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले वताए । प्रत्येक वर्ष सिरहा जिल्लामा पकडिया गढ, मानिक दह , धमनी माई मेला र पतारी मेलालगायत जिल्लाभर विभिन्न स्थानमा लाग्ने मेला तथा महोत्सवहरु पनि स्थगित गरिने निर्णय भएको छ ।
कोरोना भाईरसका प्रभावलाई नियन्त्रण गर्न देशभर लागू भएको लकडाउनका कारण आउँदो नयाँ वर्ष २०७७ का लागि स्थगित गर्न, मेला नलाग्ने भनी जिल्ला प्रशासन कार्यालय सिरहा तथा सुरक्षा निकायका प्रमुखहरू तथा स्थानीय निकायका पदाधिकारीहरुको बसेको बैठकबाट सो निर्णय भएको हो ।