सार्क देशमा कोरोना कहर : भारतमा संक्रमण तिब्र, भुटानमा कम
काठमाडौं-भारतमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढ्दै आइतबार ८ हजार ५ सय ४ पुगेको छ । संक्रमण फैलन नदिन सरकारले लकडाउन गरिरहेको छ। संक्रमणबाट २ सय ८९ जनाको मुत्यु भइसकेको छ । भारतमा आइतबार एक जनाको मुत्यु भएको छ । आइतबार मात्र ५८ जना नयाँ बिरामी थपिए।
पाकिस्तानमा आइतबार २ जनाको मुत्यु भयो । यो सँगै पाकिस्तानमा मृतकको संख्या ८८ पुगेको छ। आइतबार १ सय ५९ जना नयाँ संक्रमित भेटिएका छन् । पाकिस्तानमा ५ हजार १ सय ७० जना संक्रमित भएका छन् ।
अफगानिस्तानमा आइतबार ५२ जना नयाँ बिरामी थपिएका छन् । यो सँगै अफ्गानिस्तानमा मृतकको संख्या १८ पुगेको छ। ६ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ।
आइतबार बंगलादेशमा ४ जनाको मुत्यु भएको छ भने १ सय ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो सँगै बंगलादेशमा मृतकको संख्या ३४ पुगेको छ। ६ सय २१ जना संक्रमित भएका छन् ।
श्रीलंकामा ५ जना नयाँ बिरामी थपिएका छन् । यो सँगै श्रीलंकमा संक्रमितको संख्या २ सय ३ पुगेको छ। ७ जनाको मुत्यु भएको छ।
माल्दिभ्समा आज एक जना बिरामी थपिएका छन् । यो सँगै माल्दिभ्समा संक्रमितको संख्या २० पुगेको छ। १३ जना उपचार पछि निको भएर घर फर्किसकेका छन्।
नेपालमा आइतबार ३ जना बिरामी संक्रमित भए। यो सँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ । १ जना उपचार पछि निको भएर घर फर्किसकेका छन्। भुटानमा संक्रमितको संख्या ५ पुगेको छ। २ जना उपचार पछि निको भएर घर फर्किसकेका छन्।