विरगंजमा किन संचालन मा आएन कोरोना विशेष अस्पताल
वीरगन्जमा काेराेना विशेष अस्पताल संचालनकाे लागि नगर प्रमुख विजय कुमार सरावगीकाे पहलमा आज वीरगन्जकाे एउटा निजी अस्पताललाई भाडामा लिएर संचालन गर्ने अन्तिम तयारी भएकाे अवस्थामा प्रदेश सरकारले तत्काल वीरगन्जमा काेराेना अस्पताल संचालन नगर्न माैखिक निर्देशन दिएपछि थप अन्याैलकाे अवस्था सृजना भएकाे वीरगंज महानगरपालिका को विजय कुमार सरावगीकाे प्रेस सल्लाहकार गोविंद देवकोटाले यो कुरा आफ्नो फेसबुक मा लेख्नु भएको छ ।
आज प्रमुख जिल्ला अधिकारी, नारायणी केन्द्रीय अस्पतालका मेसु. मदन उपाध्याय सहित सुरक्षा निकायका प्रमुखकाे उपस्थितिमा भएकाे निर्णय कार्यान्वयन नहुने उनले लेखेका छन। चैत १३ भित्र काेराेना विशेष अस्पताल लगाएत क्वारेन्टिनकाे समेत ब्यवस्था मिलाउनु पर्ने थियाे तर अहिले सम्म विरगंजमा कोरोना अस्पताल संचालन मा आएको छैन । वीरगंज मा तीन जना काेराेना संक्रमित भेटिएको अवस्थामा समेत विशेष अस्पताल संचालन नगर्नुले स्वास्थ्यकर्मी अप्ठ्यारोमा पर्न थालेको कुरा उनले उलेख गरेका छन ।
कारण जे भए पनि प्रदेश सरकार र महानगर पालिकाले यो अवस्था मा आफ्नो उतरदायित्व निर्वाह गर्नु पर्नेमा एकले अर्कालाई दोष दिएर पन्क्षिणु र आफ्नो कर्तव्य बाट हट्नु भनेको जनताको स्वास्थ्य संग खेलवाड़ नै गर्नु हो । सके सम्म यथाशीघ्र विरगंजमा कोरोना अस्पताल संचालमा ल्याउनु पर्ने देखिनछ ।