पेट्रोल पम्प र भेहिकल वर्कसप खोल्ने सरकारको तयारी
काठमाडौं- कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले पेट्रोल पम्प र भेहिकल वर्कसप खोल्ने तयारी गरेको छ। समितिले अहिलेसम्म गरेको कामहरुको विवरण सार्वजनिक गर्दै यस्तो तयारी गरेको जनाएको हो। अत्यावश्यक वस्तुको ढुवानीका लागि यस्ता पसल संचालन गर्न लागिएको सिसिएमसीले जनाएको छ।
सरकारले दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि कालिमाटी फलफूल तथा तरकारी बिक्री वितरण केन्द्रलाई सहज बनाउन उपत्यकाका ११ स्थानमा वितरण केन्द्र स्थापना गरिएको जनाएको छ। यस्तै सीमा नाकामा १ हजार ६८ स्थानमा पकेट स्थापनागरी ६ हजार सशस्त्र प्रहरी खटाइएको समेत समितले जनाएको छ।
हालसम्म नेपाल भारत सीमाको नेपालतर्फ ६६१ भारतीय र भारत नेपाल सीमा नेपालीहरु २२३० जनालाई क्वारेन्टाईनमा राखिएको छ। नेपाल भारत सीमामा आवतजावतलाई कडाई साथ नियमन गरी रोकिएको समेत जनाइएको छ।