वीरगञ्जको मस्जिदमा रहेका तीन पुरुषमा कारोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि
चैत्र ३०विरगंज _ वीरगञ्जको छापकैयाको एक मस्जिदमा रहेका तीन जनामा कोरोना संक्रमण देखेएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयले आइतबार वीरगञ्ज महानगरपालिका –२ छपकैयास्थित मस्जिदमा शंकास्पद रुपमा बसेका २१ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएको बताएको हो।
संक्रमित ३७, ५५ र ४४ वर्षीय तीन पुरुष रहेको मन्त्रालयले जनाएको छ। कोरोना देखिएका तीन जनालाई भने त्यसपछि वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ। हेटौँडामा उनीहरुको स्वाब परीक्षण गर्दा कोभिड–१९ संक्रमण भएको रिपोर्ट आएपछि शनिबार राष्ट्रिय प्रयोगशालामा पुनः परीक्षण गराउँदा ३ जनामा संक्रमण रहेको पुष्टि भएको मन्त्रालयले जनाएको छ।
मन्न्त्रालयले तीन जनाको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा रहेका, आफन्त र उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्रयक ट्रेसिङ जरिरहेको जनाएको छ। सो रिपोर्ट आउनासाथ पर्सा प्रहरीले मस्जिदका अध्यक्ष र त्यहाँका धर्मगुरुसहित थप ५ जनालाई समेत क्वारेन्टिनमा राखेको छ। अहिले मस्जिदका २६ जना सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टिनमा छन्।