वीरगञ्जमा ३ जनामा कोरोना देखिएपछि त्यहाको क्षेत्रलाई सिल गर्ने तयारी
0
Shares
चैत्र ३० काठमाडौं – नेपालमा ३ जना भारतीय नागरिकमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुने मानिसको संख्या १२ पुगेको छ । वीरगञ्जको छपकैया जामे मस्जिदबाट नियन्त्रणमा लिइएका ३ जना भारतिय नागरिकमा कोरोनाको परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।
कोरोना देखिएका ३ जानाकै अहिले अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । वीरगञ्जमा ३ जनामा कोरोनाको संक्रमण देखिएपछि सो स्थान सिल गर्ने तयारी गरिएको जनाइएको छ । ३ जना भारतीय नागरिकमा कोरोना देखिएको खबरपछि त्यहाको क्षेत्रलाई स्थानीय प्रशासनले सिल गर्ने तयारी गरेको जनाइएको छ ।