कोरोना कहर : जनता मर्कामा परेका बेला मधेश केन्द्रित दलका नेताहरु मौन
चैत्र २७ काठमाडौं– मधेसी जनताका लागि भन्दै थुप्रै पटक आन्दोलन गरेका र मधेशकों नकाबन्दीलाई समेत समर्थन गरेका मधेशी दल विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका बेला भने किन र कहा हराएका छन् , भनी खोजी सुरू भएका छन्।
मधेशवादी दलका नेताहरु अहिले उनै जनता घरमा थुनिएर बस्दा पनि उनीहरुको स्वास्थ्य देखि अरु अवस्थाबारे जानकारी लिनसमेत निस्किएका छैनन् । स्थानीय र प्रादेशिक नेताहरु सक्रिय देखिए पनि केन्द्रीय नेताहरु संकटका बेला जनताको अवस्था बुझ्न ननिस्केर घरमै बसिरहेका छन् ।
राजनीतिक स्वार्थमा भएका केही प्रदर्शनमा नेताहरुलाई साथ दिएका जनता मर्कामा पर्दा उनीहरुले बेवास्ता गरेका हुन् । मधेशी जनताको आफूहरुलाई हिमायती ठान्ने उनीहरु अहिले मधेशी जनताहरु भोकै बस्नु पर्ने अवस्था सृजना हुँदा समेत मौन बसेका हुन् ।
आफूहरुको नाम मात्र भजाएर राजनीतिक स्वार्थ पूरा गरेर मधेश केन्द्रित नेताहरुलाई अहिले मधेशी जनताले खोजिरहेका छन् । नेपालमा हालसम्म नौ जनामा संक्रमण देखिएको छ । मधेश मा अहिले दिनहु भारत बाट कोही न कोही प्रवेश गरिरहेको अवस्थामा मधेश अलि बढ़ी नै जोखिममा भने परिरहेको छ ।
कोरोनाभाइरस संक्रमण फैलिन नदिन सरकारले १७ दिनदेखि लकडाउन गरेको छ । मधेश का जनता मर्कामा परेका बेला मधेश केन्द्रित दलका नेताहरु मौन बसेको देख्दा मधेशी जनता आश्चर्यमा परेका छन् ।